साविक विजेता फ्रान्स विजयी

काठमाडाैं | मंसिर ७, २०७९

साविक विजेता फ्रान्स विजयी

काठमाडौंः   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे ।


यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गरे । खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।


तर खेलको २७औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ३२औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।


खेलको ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो । यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अङ्क जोडेको छ । समूह ‘डी’को फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्